गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने

मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो । यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखर

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले सातवटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने

काठमाण्डाै – सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने भएको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका हुन् ।कात्तिक पहिलो हप्तादेखि सुरु हुने भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । भेलालाई सफल बनाउन सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षलेहरुले सहजीकरण गर्नेछन् । पहिलो भेला नेकपा एकीकृत समाजवादीको...

राप्रपा नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले आगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ । त्यस्तै, ऐतिहासिक राम […]

आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

आइतबार सुनसरी, सर्लाही, रूपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला राखेको छ।

प्रदेश २ का चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्...

नयाँ पार्टी गठनपूर्व ठाकुरपक्षले पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज एकैदिन पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिएपछि संगठन विस्तारका लागि ठाकुरपक्षले आज सप्तरी, सिरहा,महोत्तरी,बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागेको नेता लक्ष्मणलाल कर्णले बताए।नयाँ पार्टी गठनपूर्व संगठन विस्तार अभियानअन्तर्गत भेलाले जिल्लाहरुमा समानान्तर कमिटी गठन गर्ने जनाइएको छ। यस्तै भेलाले कार्यकर्तामा फैलाइएको भ्रम चिर्ने कर्णले बताए।

नेपाल समूहले प्रधानमन्त्रीको गृह जिल्लामा गर्‍यो कार्यकर्ता भेला

काठमाडौं। एमालेको असन्तुष्ट माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा कार्यकर्ता भेला गरेको छ। पार्टीले कारबाही गरेपछि समानान्तर कमिटि गठनलाई तीव्रता दिएका नेता नेपाल समूहले आज झापामा कार्यकर्ता भेला गरेको हो। ७ सय कार्यकर्ता जम्मा भएको भेलामा माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रबिन कोइराला, नरेश खरेल लगायत उपस्थित छन् ।

माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, ...