काठमाण्डौ – सत्ता गठबन्धनले आजदेखि संयुक्त नेता–कार्यकर्ता भेला सुरु गर्दैछ । यसअघि सातवटै प्रदेशमा नेता–कार्यकर्ता भेला गर्ने निर्णय गरेको सत्ता गठबन्धनले आज पहिलो भेला गण्डकी र लुम्बिनीमा गर्दैछ ।
आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए ।
नेकपा एकीकृत समाजवादीको समन्वयमा आज गण्डकी प्रदेशको पोखरामा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा नेता–कार्यकर्ता...