सत्ता गठबन्धनले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने, रामचन्द्र पाैडेल चुनावी कमान्डर !

काठमाण्डाै – सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । आज बिहीवार बसेकाे गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । यस्तै बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्...