६ बुँदे निर्णय गर्दै सकियो राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला

६ बुँदे निर्णय गर्दै राप्रपा नेपालको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सकिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा हेटौंडामा बुधबार र बिहीबार चलेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ‘सम्वर्द्धनवाद’ को वैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति राप्रपा नेपाललाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा वागमती प्रदेशभित्र