नेपाल समूहले प्रधानमन्त्रीको गृह जिल्लामा गर्‍यो कार्यकर्ता भेला

काठमाडौं। एमालेको असन्तुष्ट माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा कार्यकर्ता भेला गरेको छ। पार्टीले कारबाही गरेपछि समानान्तर कमिटि गठनलाई तीव्रता दिएका नेता नेपाल समूहले आज झापामा कार्यकर्ता भेला गरेको हो। ७ सय कार्यकर्ता जम्मा भएको भेलामा माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रबिन कोइराला, नरेश खरेल लगायत उपस्थित छन् ।

सम्बन्धित सामग्री

महन्थ ठाकुर पक्षको देशदौडाह जारी, आज पनि दुई जिल्लामा भेला हुँदै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज नवलपरासी र बर्दियामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दै छ। निर्वाचन आयोगले जसपाको वैधानिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्षको देश दौडाह जारी छ। ठाकुर पक्षले अहिलेसम्म धनुषा,सप्तरी, सिराहा,सर्लाही, कैलालीलगायत ८ जिल्लामा कार्यकर्ता भेला गरिसकेको छ। ठाकुरपक्ष साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरी देश दौडाहमा छ।

पार्टीविहीन महन्थ ठाकुर समूहले नवलपरासी र बर्दियामा कार्यकर्ता भेला गर्दै

काठमाडौं । पार्टीवीहिन महन्थ ठाकुरले दुई वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आज बर्दिया र नवलपरासीमा ठाकुर पक्षले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । नवलपरासीमा राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल, मुकेश झा र बर्दियामा एकबाल अहमद , सुनिल रोहितले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले जसपा पार्टीको आधिकारिकता उपेन्द्र […]

ठाकुरपक्ष देश दौडाहामा, आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुरपक्षले आजपनि चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै छ। हिजो झापा, धनुषा, पर्सा, कैलालीमा भेला गरेको उसले आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागेको हो। सुनसरीमा डा.सुरेन्द्र झा,सर्लाहीमा राजेन्द्र महतो, रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुरपक्ष देश दौडाहामा निस्किएको छ।

आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

आइतबार सुनसरी, सर्लाही, रूपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला राखेको छ।

चार जिल्लामा महन्थ ठाकुर पक्षको कार्यकर्ता भेला

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा आयोजना गरिएको भेलामा ठाकुरपक्षका शीर्षनेताले सम्बोधन गरेका थिए। निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेसँगै ठाकुर पक्ष जिल्लास्तरीय कार्यकर्ता भेलामा जुटेको हो। जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महन्थ ठाकुरले निर्वाचन आयोगले नदिएपनि आफूहरुलाई जनताले आधिकारिकता दिने बताए।

ठाकुरपक्षले आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरपक्षले आज चारवटा जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ। झापा, धनुषा, पर्सा, कैलालीमा भेला गर्न लागिएको हो। भेलालाई ठाकुरपक्षका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेता लक्ष्मणलाल कर्णले बताए।धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले सम्बोधन गर्नेछन् भने झापामा केशव झा, सन्तोष मेहताले सम्बोधन गर्नेछन्।पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण र कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखीलगायतले सम्बोधन गर्ने कर्णले बताए।

प्रदेश २ का चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला

जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।  महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्...

नयाँ पार्टी गठनपूर्व ठाकुरपक्षले पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज एकैदिन पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिएपछि संगठन विस्तारका लागि ठाकुरपक्षले आज सप्तरी, सिरहा,महोत्तरी,बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागेको नेता लक्ष्मणलाल कर्णले बताए।नयाँ पार्टी गठनपूर्व संगठन विस्तार अभियानअन्तर्गत भेलाले जिल्लाहरुमा समानान्तर कमिटी गठन गर्ने जनाइएको छ। यस्तै भेलाले कार्यकर्तामा फैलाइएको भ्रम चिर्ने कर्णले बताए।

ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आजदेखि अगुवा कार्यकर्ता भेला गर्दैछ। पहिलो दिन प्रदेश २ का बारा, सप्तरी, सिराहा र महोत्तरीमा आज भेला गर्ने तय भएको नेता केशव झाले जानकारी दिए।चारै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई शीर्ष नेताले सम्बोधन गर्दैछन्। सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्दैछन्। सिराहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन र महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्ने तय भएको छ।य