जनता समाजवादी पार्टीको आधिकारिकता नपाएपछि महन्थ ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेका छन् ।
जनता समाजवादी पार्टीकै ब्यानर तथा अध्यक्षकै हैसियतमा ठाकुरले महोत्तरीको सदरमुकाम जलेश्वरमा अगुवा कार्यकर्ता भेला गरेका छन् ।
महोत्तरीको प्रदेश सभा सदस्य तथा ठाकुर निकट नेता अभिराम शर्माका अनुसार अहिले पनि जारी रहेको उक्त भेलामा जसपाका नेता तथा प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारी, निर्जला राउत, प्रदेश सभा सदस्य जानकी शरण साह, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेशकुमार सिंह, विभिन्न स्...