नयाँ व्यवसायीलाई एक प्रतिशत व्याजदरमै कर्जा दिने तयारी

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले व्यवसाय सुरु गर्न आवश्यक (स्टार्ट–अप) कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो बनाउन निर्देशन दिएका छन् ।  कार्यविधि निर्माणबारे शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित छलफलमा शर्माले दुर्गम बस्तीका युवालेसमेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउनसक्ने गरी कार्यविधि बनाउन…

सम्बन्धित सामग्री

१० प्रतिशत मात्रै भुक्तानी दिने परिपत्रले अन्योल

जाजरकोट– अर्थमन्त्रालयले १० प्रतिशत मात्रै भुक्तानी गर्न जारी गरेको परिपत्रले अन्योल उत्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा काम गरेको रकम भुक्तानी गर्दा १० प्रतिशत मात्रै भुक्तानी गर्न अर्थले दिएको निर्देशनअनुसार निर्माण व्यवसायीलाई कार्यालयले रकम भुक्तानी गर्न तयार भएपछि समस्या परेको निर्माण व्यवसायी प्रदीप खड्काले बताए । खड्काले अघिल्लो आर्थिक वर्षमा […]

व्यवसायीलाई श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा

बुटवल  ।  रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले  प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए । श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ ।  जसबाट श्रेष्ठले  ९ वटा सटरको […]

व्यवसायीलाई घर भाडामा छुट

काठमाडौँ – उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग […]

उद्योग वाणिज्य संघ चितवनले दियो व्यवसायीलाई घरभाडामा २० प्रतिशत छूट

चितवन । उद्योग वाणिज्य संघ, चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छूट दिने भएको छ ।  उद्योग वाणिज्य संघ, चितवनकोे बुधवार (आज) बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा नारायणगढको शहिदचोकमा रहेको व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छूट दिने निर्णय गरेको हो । आर्थिक मन्दीका कारण व्यवसायीलाई मर्का परेकोले उद्योग वाणिज्य संघ, चितवनले घरभाडामा लगाउने घरधनीहरूलाई आफ्नो अनुकूलता अनुसार घरभाडामा छूट दिनको लागि यसअगावै अपिल गरिसकेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यापार÷व्यवसायको गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा व्यवसायीहरू पुगेको संघले जनाएको छ । जसका कारण बजार क्षेत्रका कैयौं व्यवसायीहरू घरभाडा तिर्न नसकेर सटर खाली गर्दै आएका थिए । कोभिड १९ र तत्पश्चात सिर्जित व्यवसायिक जटिलता, बैंक ब्याज वृद्धि जस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी–व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छूट दिने कार्य आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीहरूले कम्तिमा यो अवस्था सहज नहुँदासम्मको लागि घरभाडामा केही प्रतिशत छूट दिनुहुन तथा घरबहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीहरूले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्नुहुन उद्योग वाणिज्य संघ, चितवनले अपिल गरेको छ । संघको मातहतमा रहेको व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौताबमोजिम यस वर्ष वृद्धि हुने बहाल रकम समेत छूट दिएको संघले जनाएको छ ।

चीनको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत

चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।  चीनको राष्ट्रिय व्यवस्थापिकाको चलिरहेकेा बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ । प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य पाँच प्रतिशतको हाराहारीमा राखिएको बताउँदै कोरोना महामारीका कारण तीन प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमी व्यवसायीलाई उत्प्रेरित गर्नुभएको छ । सन् ...

होटल व्यवसायीलाई वीरगन्ज महानगरले ५० प्रतिशत कर छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले

वीरगञ्ज महानगरले होटल व्यवसायीलाई सम्पत्ति करमा ५० % छूट दिने

माघ ९, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका होटल व्यवासायीलाई सम्पत्ति करमा ५० प्रतिशत छूट दिने भएको छ । महानगरका प्रमुख विजयकुमार सरावगीले कोरोना प्रभावित होटल व्यवसायलाई राहतका लागि यस्तो छूट दिने घोषणा गरेका हुन् ।  वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघले आइतबार नगर प्रमुख सरावगीलाई भेटेर सम्पत्ति करमा छूट माग गरेको थियो । संघका अध्यक्ष हरि पन्तको अगुवाईमा गएका होटल व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कर छूटको घोषणा गरे ।  महानगरले चालू आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रममा होटल तथा पर्यटन व्यवसाय, विद्यालय, उद्योग कलकारखाना, अस्पताल, सपिङमललगायतलाई कर छूटको घोषणा गरेको थियो । तर, नीति तथा कार्यक्रम पारित गर्दा होटल र पर्यटन व्यवसायलाई छूट दिइने विषय छुटेपछि व्यवसायी असन्तुष्ट बनेका थिए ।  कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन व्यवसायलाई महानगरले राहत नदिकोमा उनीहरूको आपत्ति थियो । यही असन्तुष्टि लिएर गएका होटल व्यवसायीसमक्ष नगर प्रमुख सरावगीले कर छूट दिइने बताएका हुन् ।  आगामी चैत मसान्तभित्र सम्पत्ति कर बुझाएमा ५० प्रतिशत कर छूट हुने सरावगीले बताए । महानगरले आर्थिक वर्ष २०७७/ ७८ र २०७८/ ७९ को करमा छूट दिने भएको हो । नीति तथा कार्यक्रममा परेको छूटको विषय पारित गर्दा छुटेकोमा त्यसलाई पुनः समावेश गर्न प्रक्रिया अघि बढाइसकिएको सरावगीले बताए । चैत मसान्तभित्र कर बुझाएमा कुनै प्रकारको जरीवाना पनि नलाग्ने महानगरले बताएको छ । यसबाट होटल व्यवसायीलाई राहत हुने दाबी उनको छ ।

वीरगञ्जका होटल व्यवसायीलाई चैतसम्म सम्पत्ति करमा ५० प्रतिशत छुट

९ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने भएको छ । चैत मसान्तसम्म सम्पत्ति कर चुक्क्ता गर्ने होटल व्यवसायीलाई आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा ५० प्रतिशत …