व्यवसायीलाई घर भाडामा छुट

काठमाडौँ – उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग […]

सम्बन्धित सामग्री

व्यवसायीलाई श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा

बुटवल  ।  रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले  प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए । श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ ।  जसबाट श्रेष्ठले  ९ वटा सटरको […]

घरभाडा नघटाए तालाचाबी घरबेटीलाई बुझाउने व्यवसायीको चेतावनी

चितवन  । आर्थिक मन्दीको कारण व्यवसाय सुस्त भएपछि चितवनका व्यवसायीले भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बैंकको ब्याजदर, घरभाडा, कर्मचारी खर्च लगायतका चालू खर्च धान्न नसकेको भन्दै उनीहरूले घरबेटीलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । व्यवसायीको चर्को विरोध र असन्तुष्टि देखिएपछि नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरूसँग बृहत् छलफल गरेको छ ।  छलफलमा हालको व्यवसायसम्बन्धी समस्यालाई सम्बोधन गरी विषम परिस्थितिमा व्यवसायीलाई टिकाउन र घरधनीका घर खाली नगर्न घरधनी लगायत सम्बन्धित संघसंस्थाको विशेष पहल रहनुपर्ने सरोकारवालाको भनाइ छ । मञ्चका अध्यक्ष खेमनारायण पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, विज्ञप्ति र ज्ञापनपत्रमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिए पनि माग सम्बोधन नभएको बताए ।  चितवन जिल्लाअन्तर्गतका बढी जनघनत्व रहेका पालिकाका ८० देखि ९० प्रतिशत व्यवसायी घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीमध्येका झन्डै ८५ प्रतिशत व्यवसायीले व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउँदै यसलाई गम्भीर रूपमा लिन पराजुलीले आग्रह गरे । जिल्लाका मुख्य बजारका धेरै सटर तथा घर खाली हुँदै गएको र भएका अधिकांश व्यवसायीले पसल विक्रीका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छन् । ‘घरधनीले खाली भवनमा भाडामा छ भनेर ब्यानर, पोस्टर टाँसेको अवस्था छ । व्यवसाय नै बन्द रहेमा घरधनीले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर र रोजगारीसमेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघबाट यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने । व्यवसायी संघबाट हालको अवस्थामा दिँदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोधसहित छाता संगठन उद्योग वाणिज्य संघ र महासंघसम्म ज्ञापनपत्र बुझाएको तर उचित पहल हुन नसकेको व्यवासायीको गुनासो छ । घरबहालसम्बन्धी स्पष्ट कानून नबन्नु, विभिन्न करको विषयमा स्थानीय सरकारले उचित र प्रष्ट नीति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायको सुरक्षाको ग्यारेन्टी नभएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।

मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको मूल्यांकन गरेर २५ हजारदेखि ४ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले आगालागीबाट विस्थापित भएका ८५ घरपरिवारलाई ६१ लाख ८५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आगलागीबाट पीडित घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिइएको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । आगलागीबाट १० लाखसम्म क्षति भएकालाई १ लाख, ११ देखि ५० लाखसम्म क्षति भएकालाई डेढ लाख, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकालाई २ लाख, २ लाखदेखि एक डेढ करोडसम्मका लागि अढाई लाख, एक करोडदेखि ३ करोडसम्म क्षति भएकालाई साढे ३ लाख, तीन करोडभन्दामाथि क्षति भएकालाई ४ लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसैगरी आंशिक क्षतितर्फ १ लाख रुपैयाँसम्म क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र पचास हजारमाथि क्षति भएकाले एकमुष्ट ७५ हजार रुपैयाँ पाउनेछन् । गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१, गमगढी बजारमा आगलागी हुँदा २१ घरधुरीमा क्षति पुगेको थियो । मन्त्रालयका अनुसार आगलागीबाट घर भाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चारजना विस्थापित भएका थिए । बैठकले प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरेर तीन महाशाखा र दश शाखासहित ४५ जना कर्मचारीको दरबन्दी समेत स्वीकृत गरेको छ ।

भाडाबाट निकाल्दा घरधनीले तिरे ४ लाख क्षतिपूर्ति

हेटौंडा : घर भाडामा बसेका व्यवसायीलाई निकाल्दा हेटौंडाका एक घरधनीले क्षतिपूर्ति तिरेका छन्। हेटौंडा–४ का घरधनी प्रभु शाहले आफ्नो घरमा भाडा लिएर बसिरहेका व्यवसायीलाई निकाल्दा क्षतिपूर्ति तिर्नु परेको हो। घरबाहाल संघ मकवानपुरले विनाकारण भाडामा लिएर व्यवसायी गरिरहेका अनिल अर्याललाई निकालेपछि शाहविरुद्ध आन्दोलन ...