अर्थमन्त्रीले व्यवसायीलाई भने, ‘देशमै गाडी उत्पादन गर्नोस्, जग्गा र बिजुली दिने ग्यारेन्टी मेरो’

अर्थमन्त्री जनार्दन शर्माले गाडीको आयात घटाउँदै नेपालमै एसेम्बलका लागि अग्रसर हुन व्यवसायीलाई आग्रह गरेका छन् । उनले आयातलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन असम्भव रहेको भन्दै नेपालमै एसेम्बल गर्नेतर्फ अगाडी बढ्न अर्थमन्त्रीले आग्रह गरेका हुन् । उनले अटोमोबाइल्स क्षेत्रबाट भन्सार तथा राजश्व संकलनमा योगदान पुगिरहेको भएपनि अब भन्सारमा आधारित मात्रै नभई उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए ।‘अटोमोबाइल्स क्षेत्रबाट भन्सारमा २५ प्रतिशत योगदान पुगेको छ, तर म यो योगदान घटोस् भन्ने चाहन्छु’ अर्थमन्त्री शर्माले भने, ‘भन्सारबाट हुने २५ प्रतिशत योगदानलाई घटाएर अर्कोतिरबाट ५० प्रतिशत योगदान हुने व्यवस्थाका लागि लाग्न म आग्रह गर्दछु । नेपालमै गाडी उत्पादनका लागि जग्गा र बिजुली दिने ग्यारेन्टी सरकारले गर्छ, क्रमशः आयात हटाउँदै लैजानुपर्ने छ । यो मेरो प्रस्ताव मात्रै हो, निर्णय भईहाल्ने भन्ने होइन, निर्णय नै भएछ कि भनेर अर्थ मन्त्रालय घेर्न आईहाल्नु पर्दैन ।’ उनले नीतिगत अस्थिरता हुन्छ कि भनेर त्रसित नहुने पनि आग्रह गरे । अर्थमन्त्री फेरिनासाथ आर्थिक नीतिहरु फेरिन्छन् भन्ने कुरामा आफू सहमत नरहेको पनि अर्थमन्त्री शर्माले दाबी गरे । ‘आजभन्दा पहिलाका अर्थमन्त्रीबाट कुनै पनि राम्रा नीतिहरु फेरिएका छैनन् भन्ने मेरो दाबी छ’ उनले थपे, ‘मैले पनि यसअघिका राम्रा नीतिहरु फेर्ने कुरा रहँदैन, त्यसकारण नीतिगत अस्थिरता हुन्छ कि भनेर त्रसित हुनु पर्दैन ।’

सम्बन्धित सामग्री

नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा ६१.३७ मेगावाट बिजुली थपिएको छ । अर्थ मन्त्रालयको विवरण अनुसार पुस २०८० सम्म विद्युत् उत्पादन क्षमता २८२८.९९ मेगावाट पुगेको छ । यो असार मसान्तसम्मको तुलनामा ६१.३७ प्रतिशत धेरै हो । असार मसान्तसम्म २७६७.६२ मेगावाट उत्पादन क्षमता रहेको अर्थ मन्त्रालयको वार्षिक विवरणमा उल्लेख […]

बिजुली गाडीको आयात र राजस्वको अन्तरले छटपटीमा अर्थ मन्त्रालय

बिजुली गाडीलाई अहिले दिइएको कर सहुलियतलाई हटाइदिने हो भने बिजुली गाडी आयातबाट कति कर उठ्नसक्थ्यो भन्ने हिसाबकिताबले अर्थ मन्त्रालयभित्र छटपटी नै चलाइदिएको छ ।

गाजाको अन्तिम पावर स्टेशन पनि बन्द, बिजुली आपूर्ति रोकियो

गाजाको अन्तिम पावर स्टेशन पनि इन्धन अभावका कारण काम गर्न बन्द गरेको छ । त्यसपछि यहाँको विद्युत् आपूर्ति ठप्प भएको छ । चरमपन्थी संगठन हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले गाजालाई पूर्ण रुपमा घेराबन्दी गर्ने र बिजुली, इन्धन, खाद्यवस्तु, पानी र अन्य सामग्रीको आपूर्ति बन्द गरेको घोषणा गरेको थियो । पछिल्लो पावर स्टेशन बन्द हुनुको अर्थ […]

सिंहदरबारमै बिजुली गाडी उपेक्षित, प्रयोगहीन छन् चार्जिङ स्टेसन

५ भदौ, काठमाडौं । अर्थ मन्त्रालयको पार्किङ क्षेत्र सरकारी गाडीले भरिभराउ हुन्छ । त्यही पार्किङमा विद्युतीय गाडी चार्ज गर्न बनाइएको चार्जिङ स्टेसन भने प्रायः खाली र उपयोगविहीन छ । चार्ज गर्नुपर्ने गाडी नभएका कारण चार्जिङ स्टेसनसम्मै अन्य गाडी र मोटरसाइकल पार्किङ गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पार्किङमा पनि चार्जिङ […]

अर्थ मन्त्रालयको मार्गदर्शन : तलब भत्ताको बजेट रकमान्तर नगर्नु

अर्थमन्त्रालयले बजेट कार्यान्वयनको मार्ग निर्देशनमार्फत अनिवार्य दायित्व अन्तर्गतका शीर्षकका बजेट रकमान्तर नगर्न निर्देशन गरेको छ ।  चालु खर्च अन्तर्गत विनियोजित रकमको बाँडफाँट गर्दा तलब, महँगी भत्ता, खाद्यान्न, पोशाक, घर भाडा, पानी, बिजुली र सञ्चार महसुलजस्ता अनिवार्य दायित्वमा पर्ने शीर्षकको बजेट रकमान्तर नगर्न भनेको हो ।यस्तो शीर्षकको बजेट सुनिश्चित गरेर मात्र रकम अन्य सेवा र कार्यका लागि बाँडफाँट गर्नु–गराउनुपर्ने मन्त्रालयलको मार्गदर्शनमा भनिएको छ । अनिवार्य दायित्व वापत बाँडफाँट

अनावश्यक बत्ती नबाल्न जनतालाई जापान सरकारकाे आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ । जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली खपत गर्न आग्रह गरिएको हो । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने जनाएकाे छ । तर अत्यधिक गर्मीबाट बच्नका […]

जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू

एजेन्सी, टोकियो, १३ असार । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको छ । अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द […]

गण्डकीका झण्डै ३ हजार घरमा विद्युतीकरण बाँकी

३१ जेठ, कास्की । गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पुर्‍याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण विसं २०७८/०७९ का अनुसार अव प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरमा मात्र विद्युत्को पहुँच पुर्‍याउन बाँकी […]