‘एक मधेश एक प्रदेश' को आन्दोलन चर्किरहेको बेला उनले एकातिर राज्यलाई त्यहाँको वास्तविक समस्या बोध गराउने गरी विचार व्यक्त गरे। अर्कातिर एक मधेश एक प्रदेशको माग व्यावहारिक, तथ्यपरक र सम्भव नरहेको भन्दै आफूलाई भिन्न कित्तामा उभ्याए। चौधरीको प्रयासले बहसलाई निम्तो दियो।