स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरू चुनाव केन्द्रित अभियानमा जुटेका छन् । त्यसका लागि प्रमुख राजनीतिक दलहरूले गाउँकेन्द्रित अभियानलाई तीव्रता दिन थालिसकेको छन् । मुख्य चुनावी रणनीति बनाउनुअघि सबैजसो दलहरू पहिला वस्तुस्थिति बुझ्न मतदाता, उनीहरूको मनोभाव, आफ्नो संगठनको अवस्था लगायतका अवस्था बुझ्न केन्द्रित भएका हुन् । यही तयारीका लागि तेस्रो ठुलो दल नेकपा माओवादीले पनि दुई महिने अभियानात्मक कार्यक्रमलाई जारी राखेको छ । उक्त अभियान अन्तर्गत पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने माओ