काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।