बेलायतको मुद्रास्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रास्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
बेलायतको मुद्रास्फीतिलाई सन्तुलनमा राख्न आवास, खानेपानी, विद्युत्, ग्यास र अन्य इन्धनले ठूलो योगदान पु-याएको बताइएको छ । यहाँको मुद्रास्फीतिमा ठूलो नकारात्मक प्रभाव पार्ने स्रोतका रूपमा बन्दोबस्तीका सेवा तथा सुर्तीजन्य सामानको बजारमा देखिएको समस्यालाई कार्यालयले उल्लेख गरेको छ ।