काठमाण्डाै - मुग्लिन हुँदै चल्ने गाडीको यात्रा कष्टकर भएको छ । मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् ।
अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् ।
लामो जामका कारण यात्रुको बिचल्ली भएको बुटवलबाट काठमाण्डौ आउँदै गरेका राजेश सुनारले गुनासो गर्नुभयो । लामो जामका कारण विशेषगरी बिर...