काठमाडौँ। निर्वाचन आयोगले तनहुँ– १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।
आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोबाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण पेश गर्न भनेको हो।