काठमाडौं। चीनको तिब्बत सरकारले दिएको १५० सिलिन्डर लिक्विड अक्सिजन प्रहरीको स्कटिङमा काठमाडौं ल्याइने भएको छ। तातोपानी भन्सार प्रमुख नारद गौतमले प्रहरीको स्कटिङमा अक्सिजन उपत्यका पठाउने तयारी भएको बताए। स्कटिङसँगै एम्बुलेन्स र दमकल पनि लिक्विड अक्सिजन बोकेका सवारीको पछाडी हुनेछन्। चीनले नाकासम्म दमकल र एम्बुलेन्सको निरीक्षणमा लिक्विड अक्सिजन पठाएको हुँदा नेपालले पनि त्यसै गर्ने भएको हो।