सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि अनसनमा बसेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर डा. केसी सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन्। ‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले भने।…