उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालकै चर्चित क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा.शाहीका अनुसार शिविरमा ३ सय ५० जनाले सेवा लिएका छन् ।साथै शिविरमा सुगर जाँच, मिर्गौलाको जाँच गरिएको थियो । चिकित्सक भन्छन्– ‘पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ ।’ शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष