विगत केही वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेसनल नामक संस्थाले विश्वभरका देशहरूको भ्रष्टाचार र सुशासनको अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन प्रकाशित गर्दै आएको छ । यस प्रतिवेदनमा उल्लेख भएका सूचकहरूका अनुसार ४३ प्रतिशत अंकभन्दा कम ल्याउने देशहरूमा भ्रष्टाचार व्याप्त भएको मानिएको छ ।
नेपाल धेरै वर्षदेखि यही वर्गमा पर्दै आएको छ । सन् २०२० मा प्रकाशित सन् २०१९ को प्रतिवेदन अनुसार नेपालले ३४ प्रतिशत अंक प्राप्त गरी ११३ स्थानमा रहेको देखाइएको छ । सन् २०१८ मा अध्ययन गरी प्रकाशित प्रतिवेदनमा नेपालले जम्मा ३१ अंक प्राप्त गरी १२४ स्थानमा रहे...