अमेरिकी सिनेटरले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गर्दा नेपाल लगायतका देशमा चीनका लागि ढोका खुल्ने बताएकी छिन् । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रतिवाद गर्न एमसीसी एक आवश्यक उपकरण रहेको उल्लेख गर्दै अमेरिकी सिनेटर जीन शाहीनले भनिन्, “यसलाई कमजोर पार्नाले चीनलाई अमेरिका पछाडि हटेका स्थानहरूमा अझ बढी फाइदा उठाउन र लगानी गर्न ढोका खोल्छ—जसरी चीनले […]
न्युयोर्कको म्यानहट्टनमा एक निजी इक्विटी वकिलमाथि अनलाइनमार्फत भेटिएका कम्तीमा छ जना महिलालाई सन् २०२४ को अक्टोबरदेखि २०२५ को मार्चसम्म आफ्नो मिडटाउन अपार्टमेन्टमा यातना दिने, नशालु पदार्थ खुवाउने र बलात्कार गर्ने गरेको आरोप लागेको छ । म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी एल्विन ब्रागले यी अभियोगहरु सार्वजनिक ग।रेका थिए । आरोपी रायन हेम्फिलविरुद्ध बिहीबार न्युयोर्क राज्य सर्वोच्च अदालतमा ११६ […]
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवारको नतिजाअघि पुछारका दुई टोलीको भिडन्तमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलेलाई ५ विकेटले हराएको छ। जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरको ८ बल बाँकी रहँदै विजय प्राप्त गर्यो। टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र
ट्रम्प प्रशासनले शुक्रबार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १५ सय भन्दा बढी विद्यार्थी भिसा रद्द गर्ने आफ्नो निर्णयलाई अचानक फिर्ता लिएको छ। वाशिङ्टनमा भएको अदालती सुनुवाइमा इमिग्रेशन र कस्टम्स इन्फोर्समेन्ट आईसले नीतिमा ठूलो परिवर्तन गरेको घोषणा गरेको हो। डिपार्टमेन्ट अफ जस्टिसका वकिल जोसेफ एफ कारिलीका अनुशार इमिग्रेशन अधिकारीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा समीक्षा र रद्द गर्ने नयाँ प्रणालीमा काम […]
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट
न्यूयोर्कस्थित अध्यागमन कानुन व्यवसायी एलन लीले गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गर्नेहरू अहिले ट्रम्प प्रशासनको कडा निगरानीमा रहेको भन्दै गैरआप्रवासी भिसामा अमेरिकाभित्र हुनेहरूलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्राबाट टाढा रहन सुझाव दिएका छन्। उनले भनेका छन्, “गैरआप्रवासीहरूमाथि अमेरिका प्रवेशको क्रममा अधिकार निकै सीमित छ र उनीहरूलाई अध्यागमन अदालतमा सुनुवाइबिनै फिर्ता पठाउन सकिन्छ।” ट्रम्प प्रशासनको कार्यकारी आदेश १४१६१ अनुसार […]