एनएसएल फाइनल – ललितपुरलाई पोखराको चुनौती - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबिच नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्नेछन्। दशरथ रंगशालामा हुने फाइनलको अघिल्लो दिन शुक्रवार प्रि म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरे। ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल खेल्ने तयारीमा छ । दुई टोली फरक यात्राबाट