पत्रकारिताको एक प्रमुख एजेन्डा सुशासन कायम गर्नु हो । निश्चय पनि यस कार्यमा पत्रकारिताको सहयोगी भूमिका हुने विश्वास गरिन्छ । यो सन्दर्भ पत्रकारिताको व्यावसायिकता निर्वाहसँग पनि सम्बन्धित छ । जब पत्रकारिता राजनीतिकेन्द्रित हुन पुग्छ, तब यसले यो एजेन्डा गुमाउने खतरा हुन्छ ।