काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई रोक्नुपर्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकाले भ्रष्टाचार र भ्रष्ट व्यक्तिलाई निर्मूल पार्नुपर्ने बताएका हुन्। उनले अहिलेको राजनीति जटिल मोडमा पुगेको बताउँदै दोषिमाथि कारबाही गर्ने कुरा छोडेर कसरी, कसलाई तेजोबत गर्न सकिन्छ भनेर केही तत्वहरू लागेको बताए। ‘अहिले देशको राजनीति जटिल मोडमा पुगे