मुलुकमा विस्तारै राजनीति विकल्पबिहीन शून्यतातर्फ गइराखेको छ भन्ने तर्क सुरु भएको छ। नेपालको तमाम राजनीतिक परिवर्तनलाई केन्द्रमा राखेर त्यसको नेतृत्व गरेका राजनीतिक पार्टीहरू भित्रको द्वन्द्व, कलह, सत्ता मोह र अन्तरसंघर्षले नयाँनयाँ राजनीतिक विचार र नयाँनयाँ राजनीतिक शक्तिको परिकल्पना हुन थालेको छ। आवधिक निर्वाचनको परिणाम हेर्दा जनमत स्खलित भइराखेको छ। नयाँनयाँ शक्तितर्फ नागरिक मतदाताहरू आकर्षित हुन […]