राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेमा मात्र समृद्धि कायम हुने बताउनुभएको छ । विराटनगरको पुष्पलाल चोकमा आज आयोजित पार्टी प्रवेश तथा बृहत् आमसभामा उहाँले राजनीति भनेको राष्ट्रसेवा भएकाले भ्रष्टाचार नगरी जनताको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेका कारण स्थानीय पालिकामा विजयी प्रमुख, उपप्रमुखहरूले …