आगामी बजेटमा सरकारलाई उवा महासंघको सुझाव : आयकरको सीमा हेरफेरदेखि ट्याक्स होलिडेसम्म

काठमाडौं । आयकरको सीमा हेरफेरदेखि ट्याक्स होलिडेसम्मको सुविधा आगामी बजेटमा ल्याउन निजीक्षेत्रको प्रतिष्ठित संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट एवं आर्थिक ऐनका सम्बन्धमा आइतवार सरकारलाई सुझाव दिन आयोजित छलफलका क्रममा व्यवसायीले व्यक्तिगत आयकरको सीमा बढाउनुपर्ने सुझाव दिएका छन् । व्यक्तिगत आयकरमा अविवाहितलाई ७ लाख र विवाहितको हकमा ८ लाखको कर छूटको सीमा गर्नुपर्ने सुझाव दिएको छ भने पारिश्रमिक आयकरको वर्तमान स्ल्याब न्यूनीकरण गरी ५, १५ र २५ प्रतिशत गरिनुपर्ने व्यवसायीको माग छ । बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउनुपर्ने, प्रोप्राइटरसिप फर्मलाई सबचार्ज नलाग्ने व्यवस्था गर्नुपर्ने र कार्गो व्यवसायमा लाग्दै आएको टीडीएस हटाउनु सरकारलाई व्यवसायीको सुझाव छ । करदाताले माग गरेमा समायोजनपछि बढी भएको टीडीएएस अग्रिम आयकरको रकम ३० दिनभित्र फिर्ता दिन सुझाव दिइएको छ भने नयाँ स्टार्टअप कम्पनीलाई ५ वर्षका लागि ट्याक्स होलिडे दिन सुझाव दिएको छ । ट्यास होलिडेले स्टार्टअप कम्पनी खोल्न प्रोत्साहित भए त्यसले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्ने महासंघको ठहर छ । महासंघले निजीक्षेत्रलाई प्रोत्साहन स्वरूप स्टार्टअपमा २ लाखसम्मको लगानीमा खर्च कट्टी गर्न पाउने व्यवस्था आगामी बजेटमार्फत ल्याउन सरकारलाई भनेको छ भने भ्याटको दर १० प्रतिशत कायम गर्न सुझाव दिएको छ । अहिले भ्याट १३ प्रतिशत रहँदा सर्वसाधारणको क्रयशक्तिमा ह्रास आएको ठहर गर्दै महासंघले भ्याट १० प्रतिशत गर्दा सर्वसाधारणको क्रयशक्ति बढ्ने बताएको छ । कोभिडबाट प्रभावित उद्योग व्यवसायलाई दिँदै आएको बैंकिङ सुविधा २ वर्ष थप्न सरकारलाई सुझाव दिइएको छ । ‘कोभिडबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन, सार्वजनिक यातायात, चलचित्र उद्योग, हस्तकला, तयारी पोशाक, कपडा, निजी विद्यालय, ब्युटी पार्लर, हेल्थ सेन्टर, सञ्चार गृह, निर्माणाधीन जलविद्युत् आयोजना, निर्यातसम्बन्धी उद्योग, विज्ञापन सेवा, वैदेशिक रोजगारलगायत व्यवसायलाई सरकारले घोषणा गरेको बैंकिङ सुविधा कम्तीमा २ वर्ष थप्नुपर्ने देखिन्छ,’ सरकारलाई दिएको सुझावमा भनिएको छ । महासंघले कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनाको अवधिसमेत १ वर्ष थप्न माग गरेको छ भने लघु, घरेलु र साना व्यवसायीलाई व्यवसाय निरन्तरता कर्जा लिन कठिन भइरहेको जनाउँदै त्यस्तो प्रक्रिया सरलीकरण गरी १ वर्ष समय थप गर्न सरकारलाई सुझाव दिएको छ । महासंघले सरकारलाई दिएको सुझावमा बजार अनुगमन प्रक्रिया मर्यादित हुनुपर्ने र एकद्वार अनुगमन हुनुपर्ने, कालाबजारी ऐनजस्ता पुराना कानून खारेज हुनुपर्ने, रोजगारी अभिवृद्धि गर्न सक्ने र आर्थिक महत्त्व बोकेका आयोजनाको निर्माण अवरुद्ध हुन दिन नहुने, राष्ट्रिय गौरवका आयोजनाको पुनःसंरचना गरी काम अघि बढाउनुपर्नेजस्ता छन् । औद्योगिक पूर्वाधारतर्फ विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, निर्यात प्रशोधन जोन, आईटी पार्कसमेतको प्रवद्र्धन गर्ने गरी शक्तिसम्पन्न स्वतन्त्र नियमन एवं प्रवद्र्धन निकाय स्थापना गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग प्राथमिकतामा राखिनुपर्ने, उद्योगका लागि जग्गा किन्दा लाग्दै आएको हदबन्दी खारेजी हुनुपर्ने, डिमान्ड शुल्क छूट हुनुपर्ने र उद्योगले स्वलगानीमार्फत पूँजीवृद्धि गरेमा आयकर छूटको व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । व्यवसायीलाई एउटा कसूरमा एक कानूनबाट मात्र सजाय गर्नुपर्नेजस्ता सुझाव आगामी बजेटमा उद्योग वाणिज्य महासंघले दिएको छ । एमसीसी सम्झौतालाई समेत प्रक्रियागत रूपमा अघि बढाउनसमेत महासंघले भनेको छ । छलफलमा उद्योग, वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महामारी नियन्त्रण एवं स्वास्थ्य सेवा विस्तार, प्रभावकारी राहत र पुनरुत्थान कार्यक्रम, कृषि इकोसिस्टमको पुनःसंरचना, सार्वजनिक सेवामा प्रविधि र सुशासन, पूर्वाधार विकास र निजीक्षेत्र प्रोत्साहन गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखेर ल्याइनुपर्ने बताए । उनले अहिलेको प्रमुख दायित्व कोरोना संक्रमणलाई पैmलिन नदिनु रहेको बताउँदै संक्रमितको पहिचान, परीक्षण र उपचार गर्न अघिल्लो वर्षको भन्दा बढी आवश्यक रहेको स्पष्ट पर्दै स्थानीय तहमा शिलान्यास भएका अस्पताल र अन्य संरचनाको पनि शीघ्र सञ्चालनमा ल्याउने गरी बजेटलाई केन्द्रित गराउनुपर्नेमा जोड दिए । प्रमुख १० सुझाव स्थानीय तहले अनुकूल ठाउँहरूको पहिचान गरी न्यूनतम सुविधासहितका आइसोलेशन, क्वारेन्टाइन, आकस्मिक कक्ष र अस्थायी अस्पताल निर्माण गर्नुपर्ने, उद्योगले मेशिन र त्यसका स्पेयर पार्ट्स आयात गर्दा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गर्नुपर्ने, भारतको जीएटीका दरहरूलाई विचार गरी १८ प्रतिशत र त्योभन्दा कम दरहरू लाग्ने सामानमा भन्सार महसुल घटाइनुपर्ने, कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जनसहितका प्रभावित व्यवसायलाई सरकारद्वारा गतवर्ष घोषणा भएको बैंकिङलगायत सबै सहुलियत कम्तीमा २ वर्ष थप्नुपर्ने, कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचनाको अवधि थप १ वर्ष गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग प्राथमिकताका साथ निर्माण गर्नुपर्ने, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, निर्यात प्रशोधन जोन, आईटी पार्कसमेतको प्रवद्र्धन गर्ने गरी शक्तिसम्पन्न स्वतन्त्र नियमन एवं प्रवर्द्धन निकाय स्थापना गर्नुपर्ने, स्थानीय, प्रदेश र केन्द्र सरकारले अन्यत्र पनि सहुलियत दरमा उद्योगलाई जग्गा तथा वनको जग्गा लीजमा उपलब्ध गराउनुपर्ने, निर्यातमा मूल्य अभिवृद्धिका आधारमा नगद प्रोत्साहन १० प्रतिशतसम्म हुनुपर्ने र भारत निकासीमा पनि नगद प्रोत्साहन दिनुपर्ने ।

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयलाई राजस्व परामर्श समितिको सुझाव : आयकर नलाग्ने सीमा बढाऊ

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७९/ ८० का लागि बजेट निर्माणको अन्तिम गृहकार्यमा जुटेको अर्थ मन्त्रालयलाई राजस्व परामर्श समितिले सय पृष्ठभन्दा बढीको सुझाव प्रतिवेदन बुझाएको छ । आगामी वर्षको बजेटमार्फत सरकारले लिन सक्ने कर तथा राजस्व नीतिका बारेमा समितिका अध्यक्ष महेश दाहालले अर्थमन्त्री जनार्दन शर्मालाई आइतवार सुझाव प्रतिवेदन बुझाएका हुन् । समितिका सदस्य सचिव भूमिराम शर्माका अनुसार उक्त प्रतिवेदनमा आयकरको सीमा हेरफेरदेखि करका नयाँ क्षेत्र खोज्नेसम्मको सुझाव समेटिएको छ ।  ‘आयकरको सीमा हेरफेरको विषय जल्दोबल्दो रूपमै उठेकाले सुझावमा समेटेका छौं र कतिपय डिजिटल मार्केटलाई अझै करको दायरामा ल्याउन नसकिएको अवस्थामा तिनलाई पनि समेट्नुपर्ने हाम्रो सुझाव हो,’ सदस्य सचिव शर्माले भने ।  आव २०७५/ ७६ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले व्यक्तिलाई आयकर नलाग्ने आम्दानीको सीमा बढाएका थिए । उनले व्यक्तिको हकमा ४ लाख र दम्पतीको हकमा ४ लाख ५० हजार रुपैयाँसम्मको वार्षिक आयमा आयकर नलाग्ने र १ प्रतिशत सामाजिक सुरक्षा करमात्र लाग्ने व्यवस्था मिलाएका थिए । व्यक्तिको ४ र दम्पतीको साढे ४ लाखपछिको १ लाख आयमा १० प्रतिशत आयकर लाग्छ । त्यसपछिको २ लाखसम्म आम्दानीमा २० प्रतिशत लाग्छ । त्योभन्दा पनि माथि अर्थात् व्यक्तिलाई ७ देखि २० लाखसम्म र दम्पतीलाई साढे ७ लाखदेखि २० लाख रुपैयाँसम्मको आयमा ३० प्रतिशत आयकर लाग्छ । २० लाख रुपैयाँभन्दा माथिको वार्षिक आयमा ३६ प्रतिशत आयकर लाग्छ ।  यो सीमा पुनरवलोकन नभएको ३ वर्ष पुगेको छ । एक व्यक्ति र परिवारको आधारभूत आवश्यकता दुई सन्तानको शिक्षा, स्वास्थ्य, आवासलगायत खर्च धान्न हालको सीमाले नपुग्ने विश्लेषण समितिले गरेको छ । आयकरको छूटको सीमा वर्तमानको मूल्यवृद्धि समेतलाई आत्मसात् गरी समयसापेक्ष वृद्धि गर्नुपर्ने समितिको सुझाव छ । समितिले आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योग संरक्षण गर्ने नीति लिनुपर्ने, आयातमा निर्भर राजस्वलाई विस्तारै आन्तरिक राजस्वमा निर्भर गराउनुपर्ने, सामाजिक सञ्जालमा हुने खर्च र आम्दानीलाई करको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ । त्यस्तै, कृषिक्षेत्रलाई मूल्य अभिवृद्धिकर ९भ्याट० को दायरामा ल्याउन सकिने समितिको प्रतिवेदनमा उल्लेख छ ।  सरकारले २०७७ भदौ १ गते नेपाल राजस्व परामर्श समिति गठन गरेको थियो । यसलाई खासगरी वर्षभरि नै राजस्व नीति, यसको कार्यान्वयन, संगठन संरचना, कर्मचारीको क्षमता, अध्ययन, अनुसन्धान र ‘थिंक ट्यांक’का रूपमा काम गर्ने ‘म्यान्डेट’ दिइएको छ । सरकारले लिने राजस्वसम्बन्धी नीति अद्यावधिक, मूल्यांकन गर्नेसम्मको अधिकार यो समितिलाई छ । विगतमा बजेटलाई लक्ष्य गरेर राजस्व परामर्श समिति क्रियाशील हुने गरेकोमा छुट्टै स्वायत्त निकाय भएपछि यसले वर्षभरि नै राजस्व नीतिका सम्बन्धमा काम गर्ने भनिएको छ । तैपनि यो संस्था त्यत्ति क्रियाशील हुन सकेको देखिँदैन ।  राजस्व परामर्श समितिले विगतदेखि नै बजेटमा सुझाव दिंदै आएको छ । समितिले दिने धेरैजसो सुझाव बजेटमा नसमेटिंदा यसको औचित्यमाथि प्रश्न उठेको तर्क गर्नेहरू पनि छन् ।

आयकरको सीमा ४ लाख ५० हजारबाट बढाउन सुझाव

समितिका अध्यक्ष महेश दाहालले आज अर्थमन्त्री जनार्दन शर्मासमक्ष उक्त प्रतिवेदन बुझाउनुभएको हो । समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धि गर्ने उपाय, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायत विषय समेटेको छ ।

आयकर छुटको सीमा बढाउन सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आयकर छुटको सीमा बढाउनुपर्ने सुझाव दिएको छ । आगामी ‘आर्थिक वर्ष २०७८/७९ बजेट’माथि सुझाव दिँदै महासंघले आयकर छुट सीमा बढाउनुपर्ने बताएको हो ।महासंघका अनुसार व्यक्तीगत आयकर छुट सिमा ७ र दम्पत्ति आयकर छुट सीमा ८ लाख पुर्याउनुपर्ने सुझाएको छ । महासंघको सचिवालयमा आयोजित राजश्व परामर्श समितिसँगको बजेट छलफल कार्यक्रममा व्यवसायीले यस्तो सुझाव राखेका हुन् ।बैंक तथा वित्तिय संस्थाको आयकरको सिमा ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा ल्याउनुपर्ने समेत महासंघको सु

आयकरको ‘स्लाब’ बढाउने तयारी

राजस्व परामर्श समितिले आयकरको सीमा (स्लाब) बढाउने सुझावसहित प्रतिवेदन तयार पारेको छ । आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटका लागि सुझाव संकलन गरिरहेको समितिले आयकरको स्याब बढाउने गरी प्रतिवेदन तयार पारेको हो ।विभिन्न व्यवसायी तथा कर्मचारीहरुसँग भएको छलफलका क्रममा छिमेकी देशहरुको तुलनामा नेपालको स्याब कम भएको गुनासो आएसँगै समितिले सोही अनुरुप प्रतिवेदन अगाडि बढाएको स्रोतको […]

करछुट गर्न सुझाव

आगामी आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न विषयमा कर छुट गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । व्यक्तिगत पारिश्रमिक आयकरदेखि कार्गो व्यवसायमा लाग्दै आएको टिडिएस घटाउनु पर्ने भन्दै उनीहरुले सुझाव पेश गरेका हुन् ।चालु आर्थिक वर्षमा ३६ प्रतिशतसम्म पारिश्रमिक आयकर लगाइँदै आएको छ । व्यवसायीहरुले पारिश्रमिक आयकरको वर्तमान स्ल्याव न्यूनिकरण गरी ५, १५ र […]

करका दर परिमार्जन गर्न निजी क्षेत्रको सुझाव

निजी क्षेत्रले कर्पोरेट आयकरको दर पाँच प्रतिशतले झार्न सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र समुद्रपार निकासी पैठारी संघले सात वटा क्षेत्र समेटेर अर्थमन्त्रीलाई आगामी बजेटमा समेट्नुपर्ने विषयमा सुझाव दिँदै कर्पोरेट कर झार्न सुझाएका हुन् । हालको करका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको चासो घटिरहेको सन्दर्भमा निजीक्षेत्रले करका दरमा हेरफेर गरेर लगानी आकर्षित गर्न सुझाव दिएको हो ।