करका दर परिमार्जन गर्न निजी क्षेत्रको सुझाव

निजी क्षेत्रले कर्पोरेट आयकरको दर पाँच प्रतिशतले झार्न सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र समुद्रपार निकासी पैठारी संघले सात वटा क्षेत्र समेटेर अर्थमन्त्रीलाई आगामी बजेटमा समेट्नुपर्ने विषयमा सुझाव दिँदै कर्पोरेट कर झार्न सुझाएका हुन् । हालको करका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताको चासो घटिरहेको सन्दर्भमा निजीक्षेत्रले करका दरमा हेरफेर गरेर लगानी आकर्षित गर्न सुझाव दिएको हो ।

सम्बन्धित सामग्री

करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य : अर्थमन्त्री पुन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्त्वपूर्ण दरहरू परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् […]

विवादित करका दर दुई महिनापछि हेरफेर

चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले मनपरी रूपमा हेरफेर गरेका विवादित करका दर सरकारले परिमार्जन गरेको छ । मनपरी रूपमा करका दर हेरफेर गर्दा केही स्वदेशी उद्योगहरू नराम्ररी प्रभावित भएको र विदेशी वस्तुको आयात प्रोत्साहन गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले करका दर हेरफेर गरेको हो । मन्त्रिपरिषद् बैठकले मंगलबार करका दर परिमार्जन गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बिहीबार सरकारले संशोधित व्यवस्था कार्यान्वयका लागि राजपत्रमा सूचना प्रकाशन गरेको छ ।