विराट ट्रेड एक्स्पो– ६ दिनमा १५ करोडको कारोबार

मोरङ व्यापार संघको आयोजनामा ६ दिनदेखि सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पो–२०७८ मा १५ करोडको कारोबार भएको छ । एक्स्पो आयोजक संस्था व्यापार संघले आज पत्रकार सम्मेलन गरी १ लाख ६० हजार बढीले मेला अवलोकन गरेको र १५ करोडको कारोबार भएको जानकारी दिएको हो । आयोजकले मेलाको समयावधि पनि बढाएको छ । अब मेला चैत २७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि चैत २६ गतेसम्म मेला सञ्चालन हुने बताइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मेलाका संयोजक विकास बेगवानीले अपेक्षाभन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छाअनुसार एक्स

सम्बन्धित सामग्री

विराट एक्स्पो सकियो, ४० करोडको कारोबार

कोरोना महामारीपछि विराटनगरमा आयोजना गरिएको ‘विराट ट्रेड एक्स्पो’सफल भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको र २ लाख ५० हजारले अवलोकन गरेको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । चैत १८ देखि २७ गतेसम्म संचालन भएको एक्स्पोको आज समापन गरिएको छ । एक्स्पोमा सबैभन्दा बढी  इलोक्टे«निक र अटोमावाइलको सामानहरू बिक्री भएको मेलाका संयोजक विकास बेगवानीले बताए । एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल

‘विराट ट्रेड एक्स्पो २०२२’ सुरु, १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा

मोरङ मर्चेन्ट एसोसिएसनले आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो २०२२’ सुरु भएको छ । १८ चैतदेखि सुरु भएको एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्‌घाटन गरेका हुन् ।

विराटनगर विमानस्थल स्तरोन्नतिको योजना पछि सर्ने

विराटनगर । क्षेत्रीयस्तरको विराटनगर विमानस्थल निर्माण गर्न रोक्का गरिएको स्थानीयको जमीनको मुआब्जा सरकारले दिन नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेम आलेले बताएका छन् । विराटनगरमा शुक्रवारदेखि शुरू भएको ‘विराट ट्रेड एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् । मन्त्रीको यो उद्घोषले विराटनगर विमानस्थल स्तरोन्नतिको योजना पछि धकेलिने देखिएको छ । राज्यले १६ अर्ब रुपैयाँ दिएर जग्गा किन्न नसक्ने बताए । ‘१६ अर्ब राज्यले दिन सक्ने सामथ्र्य अहिले छैन । १६ अर्ब दिएर जग्गा किन्न पनि सकिँदैन,’ मन्त्री आलेले भने, ‘तपाईंहरूले जग्गाको व्यवस्थापन मिलाउनुहोस् । वैदेशिक लगानी भित्र्यााएर होस् वा जुनसुकै मोडलमा भए पनि बजेटको व्यवस्थापन गरेर विमानस्थल बनाउनुपर्छ ।’ कार्यक्रममा सहभागी वक्ताहरूले विराटनगर विमानस्थल अन्तरराष्ट्रियस्तरको बनाउनुपर्ने भन्दै मन्त्रीलाई दबाब दिएका थिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मन्त्री आलेकै पालामा विमानस्थल निर्माणको ठेक्का आह्वान भइसकेको र पछि रद्द हुँदा आफू दु:खी भएको बताएका थिए । त्यसको प्रतिउत्तर दिँदै आलेले तीन अर्बको टेन्डर रद्द हुनुमा आर्थिक स्रोत सुनिश्चित नहुनु प्रमुख कारण भएको बताए । कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आगामी वैशाख ३० गते जनताले जनप्रतिनिधिको कामको मूल्यांकन गर्ने बताए । ‘जनताको बीचमा गरेका वाचा समयमै कार्यान्वयन गर्नुपर्दछ,’ यादवले भने । विराटनगर महानगरपालिका प्रमुख पराजुलीले विराटनगर विचार, राजनीति र क्रान्तिको शहर रहेको तर, आर्थिक समृद्धिको नेतृत्व गर्न नसकिएको बताए । ‘८–९ जना प्रधानमन्त्री, त्यति नै अर्थमन्त्री जन्माएको विराटनगरले आर्थिक समृद्धि पाएन,’ उनले भने ।

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा लाग्ने १६ अर्ब रुपैयाँ दिने सामर्थ्य सरकारसँग तत्काल नभएको बताएपछि यो प्रक्रिया रोकिने देखिएको हो । विराटनगरमा आजदेखि सुरु भएको ‘विराट ट्रेड एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् । उनले राज्यले १६ अर्ब रुपैयाँ दिएर जग्गा किन्न नसक्ने बताए । ‘१६ अर्ब राज्यले दिनसक्ने सामर्थ्य अहि

लोभ लालचमा पर्दिन, र्‍याल नचुहाई काम गर्छु : मन्त्री आले

विराटनगर - विराटनगरमा शुक्रबारदेखि नौ दिने बृहत व्यापार मेला (विराट ट्रेड एक्स्पो) २०२२ सुरु भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन् ।  संघका नविन रिजालले कोभिड १९ को महामारीका कारण थलिएको औधोगिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि मेला आय...

लोभ लालचमा पर्दिन, र्‍याल नचुहाई काम गर्छु : मन्त्री आले

विराटनगर - विराटनगरमा शुक्रबारदेखि नौ दिने बृहत व्यापार मेला (विराट ट्रेड एक्स्पो) २०२२ सुरु भएको छ । मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन् ।  संघका नविन रिजालले कोभिड १९ को महामारीका कारण थलिएको औधोगिक उत्पादनलाई प्रवद्र्धन गर्नका लागि मेला आय...

विराट ट्रेड एक्स्पो सुरु, ४० करोडको कारोबार हुने अनुमान

विराटनगर । विराटनगरमा विराट ट्रेड एक्स्पो सुरु भएको छ । मोरङ व्यापार संघको आयोजनामा सो एक्स्पो सुरु भएको सो एक्स्पोको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले शुक्रबार उद्घाटन गरेका हुन् ।  चैत २६ गतेसम्म चल्ने एक्स्पो उद्घाटन गर्दै मन्त्री आलेले औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको...

‘ट्रेड एक्स्पो २०२२’ को तयारी पूरा

विराटनगर । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म आयोजना गर्ने ‘रमपम ट्रेड एक्स्पो २०२२’ को तयारी पूरा भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गर्ने उक्त एक्स्पोको तयार पूरा भएको आयोजकले जानकारी दिएको हो । मोरङ व्यापार संघका उपाध्यक्ष एवं एक्स्पो आयोजक समितिका संयोजक विकास बेगवानीले सबै (२७० ओटा) स्टल विक्री भएर धमाधम निर्माण समेत भइरहेको बताए । अहिले ९० प्रतिशत स्टल निर्माण भइसकेको र बाँकी दुई दिनभित्र सम्पन्न हुने उनको भनाइ छ । सबै स्टल विक्री भइसकेको भए पनि अहिले २७ ओटा कम्पनी स्टलका लागि प्रतीक्षामा छन् । मेलामा पहिलोपटक एयर कन्डिसनयुक्त डोम, एयर कुलर डोमसहित साधारण स्टलहरू छन् । कोरोना महामारीपछि पूर्वी नेपालमा सबैभन्दा ठूलो प्रदर्शनी र सम्मेलनको रूपमा मेला सञ्चालन हुन लागेको संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । मेला नयाँ र विद्यमान स्वदेशी उत्पादन तथा सेवाको प्रदर्शन, विक्री र लगानीको सम्भावनाबारे छलफल गर्ने उत्कृष्ट थलो हुने उनले बताए । सात दिनसम्म चल्ने मेलामा करीब १ अर्बको कारोबार हुने अनुमान गरिएको संघका उपाध्यक्ष तथा एक्स्पो  आयोजक समितिका संयोजक विकासकुमार बेगवानीले बताए । उनका अनुसार मेलामा एसीसहितको ८०, कुलरसहितका ६०, साधारण १०६, अटो २५ र खाद्यान्नका १० ओटा स्टल रहनेछन् । आयोजकले एसी स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० हजार, साधारण स्टलका लागि ३० हजार, अटो स्टलका लागि ७० हजार र खाद्यान्नका स्टलका लागि ६० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । मेला ४ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलालाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ । यस्तै सेन्चुरी मसला सहायक प्रायोजक रहेको छ भने दोस्रो र तेस्रो प्रायोजकका रूपमा रिजालको र बाबा गुड हेल्थ छन् । मेलास्थलमा प्रवेशका लागि १ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले बताएको छ । व्यापार संघले यसअघि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट टे«ड एक्स्पो २०७५ लगायत मेला आयोजना गरिसकेको छ । मेलाले प्रदेश १ को पर्यटन क्षेत्रको विकासका लागि समेत महत्त्वपूर्ण टेवा पुग्ने मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । सरकारले प्रदर्शनीस्थल नबनाइदिएकाले आफूहरूले अस्थायी संरचना बनाएर मेला आयोजना गर्नु परेको र धेरै खर्च हुने गरेको उनले गुनासो गरे ।

विराटनगरमा विराट एक्पो सुरु

विराटनगर : मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि विराट ट्रेड एक्स्पो सुरु भएको छ। शुक्रबार एक्स्पोको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे। विराटनगर २ स्थित शंकरपुरमा रहेको खाली जग्गामा आयोजित एक्स्पोको उद्घाटन समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक्स्पोले प्रदेशको आर्थिक समृद्धि...