विराटनगर विमानस्थल स्तरोन्नतिको योजना पछि सर्ने

विराटनगर । क्षेत्रीयस्तरको विराटनगर विमानस्थल निर्माण गर्न रोक्का गरिएको स्थानीयको जमीनको मुआब्जा सरकारले दिन नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेम आलेले बताएका छन् । विराटनगरमा शुक्रवारदेखि शुरू भएको ‘विराट ट्रेड एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् । मन्त्रीको यो उद्घोषले विराटनगर विमानस्थल स्तरोन्नतिको योजना पछि धकेलिने देखिएको छ । राज्यले १६ अर्ब रुपैयाँ दिएर जग्गा किन्न नसक्ने बताए । ‘१६ अर्ब राज्यले दिन सक्ने सामथ्र्य अहिले छैन । १६ अर्ब दिएर जग्गा किन्न पनि सकिँदैन,’ मन्त्री आलेले भने, ‘तपाईंहरूले जग्गाको व्यवस्थापन मिलाउनुहोस् । वैदेशिक लगानी भित्र्यााएर होस् वा जुनसुकै मोडलमा भए पनि बजेटको व्यवस्थापन गरेर विमानस्थल बनाउनुपर्छ ।’ कार्यक्रममा सहभागी वक्ताहरूले विराटनगर विमानस्थल अन्तरराष्ट्रियस्तरको बनाउनुपर्ने भन्दै मन्त्रीलाई दबाब दिएका थिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मन्त्री आलेकै पालामा विमानस्थल निर्माणको ठेक्का आह्वान भइसकेको र पछि रद्द हुँदा आफू दु:खी भएको बताएका थिए । त्यसको प्रतिउत्तर दिँदै आलेले तीन अर्बको टेन्डर रद्द हुनुमा आर्थिक स्रोत सुनिश्चित नहुनु प्रमुख कारण भएको बताए । कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आगामी वैशाख ३० गते जनताले जनप्रतिनिधिको कामको मूल्यांकन गर्ने बताए । ‘जनताको बीचमा गरेका वाचा समयमै कार्यान्वयन गर्नुपर्दछ,’ यादवले भने । विराटनगर महानगरपालिका प्रमुख पराजुलीले विराटनगर विचार, राजनीति र क्रान्तिको शहर रहेको तर, आर्थिक समृद्धिको नेतृत्व गर्न नसकिएको बताए । ‘८–९ जना प्रधानमन्त्री, त्यति नै अर्थमन्त्री जन्माएको विराटनगरले आर्थिक समृद्धि पाएन,’ उनले भने ।

सम्बन्धित सामग्री

विराटनगर विमानस्थल पीडितका मागप्रति मन्त्री आले सकारात्मक

मंसिर २५, विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई  शुक्रवार ज्ञापन पत्र बुझाएका छन ।  संघर्ष समितिका संयोजक वेदराज पौडेलसहितको टोलीले मन्त्री आलेलाई नौं बुँदे ज्ञापन पत्र बुझाएको हो । विमानस्थलले अधिग्रहण घर जग्गा रोक्का गरेको १७ हीहना वितिसक्दा पनि मुआब्जा नपाएको भन्दै पीडितहरुको टोलीले मन्त्री समक्ष कि मुआब्जा दिनु पर्‍यो कि त घर जग्गा फुक्का गरिदिनु पर्‍यो भनेर माग राखेका थिए ।  विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन १२६ बीघा जमीन अधिग्रहण गर्ने सरकारको योजना रहेको छ । विराटनगरमा संघर्ष समितिको टोलीले मन्त्री आलेलाई भेटेर विमानस्थलले अधिग्रहण गर्दा आधा घर र आधा जमीन एयरपोर्ट भित्र पर्ने र आधार बाहिर पर्नेहरुको हकमा पुरै अधिग्रहण गरिदिनु पर्ने, मुआब्जा एकमुष्ठ दिनु पर्ने, मुआब्जा दिंदा लाभकर कट्टा गर्न नपाइने, घरको हकमा ४ हजार ५०० रुपैयाँ स्क्वायर फुट र जमीनको हकमा २० लाख रुपैयाँ प्रतिधुरले मुआब्जा दिन माग गरेका छन् ।  आलेले ज्ञापनपत्र बुझेपछि आफुहरुले पीडितहरुको कुरा सुनेको र अब काठमाडौं फर्कीएपछि मुआब्जाका लागि आवश्यक पर्ने रकम व्यवस्थाका लागि लाग्ने आश्वसन दिए । उनले पीडितहरुको मागमा आफु सकारात्मक रहेको बताए ।  शुक्रवारनै मन्त्री आलेले विराटनगर विमानस्थलको निरिक्षणसमेत गरे । उनले विराटनगर विमानस्थलको सौन्दर्यकरण, बाढीको समस्याको कारण रहेको बस्ता खोलालाई गहिर्‍याउन र कन्भेयर बेल्टका लागि ८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गर्ने पनि बताए ।  नेपाल उद्योग परिसंघ प्रदेश नं १ को प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्त्री आलेले मन्त्रालय सम्हालेपछि मन्त्रालय माताहतमा पहिले हुने गरेका सेटिङहरु सबै भत्काएको पनि बताए ।  उनले विमानस्थलको विकास र विस्तार तथा विराटनगरको भेडियारीमा रहेको विराटराजाको दरबार निर्माणका लागि बजेटको व्यवस्था गर्ने उल्लेख गरे । विराटनगर विमानस्थल सुनसरीको अमडुवामा सार्दा उपयुक्त हुन्छ, त्यहाँ सारौं भनेर सबै राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र र  विराटनगरबासीले हामीलाई आपत्ती हुने छैन भन्ने हो भने अमडुवामा रहेको ६०० बीघा क्षेत्रमा विमानस्थल सार्न पनि सकिने मन्त्री आलेले बताए ।  आलेले उद्योग परिसंघका पदाधिकारीतर्फ संकेत गर्दै भने, ‘बल तपाईको कोटमा मैले फालिदिएको छु, सहमति गरेर आउनु भयो भने अमडुवामा विमानस्थल सार्न सकिन्छ ।’ अमडुवामा रहेको ६०० बीघा जमीनमा क्रस बोर्डर औद्योगिक क्षेत्र बनाउन सरकारले अध्ययनका लागि बजेटसमेत छुट्याएको छ । तर कसरी र कस्तो मोडेलमा औद्योगिक क्षेत्र बनाउने भन्ने अन्यौलताका कारण त्यहाँ एक दशकदेखि औद्योगिक क्षेत्र बनाउने भनिएपनि बन्न सकेको छैन ।  २०७६ कात्तिक महीनामा मन्त्रीपरिषदको बैठकले विराटनगर विमानस्थलको क्षेत्र विस्तार गरि क्षेत्रीय स्तरको विमानस्थाल निर्माण गर्ने निर्णय गर्‍यो । २०७७ भदौ २० गते विराटनगर महानगरपालिका, प्रदेश १ सरकार र नागरिक उड्डयन प्राधिकरण बीच विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो । जसमा संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगर पालिकाले मुआब्जाका लागि १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको थियो ।  सरकारले विमानस्थल विस्तारका लागि स्थानीयको १ हजार ४०० कित्ता जमीन अधिग्रहण गर्न सूचना प्रकाशित गरेर जग्गा रोक्का गरेको थियो ।

‘विराटनगर विमानस्थल विस्तार प्राथमिकतामा छ’

मोरङ – विराटनगर विमानस्थल विस्तारका क्रममा रोक्का भएको जग्गाको मुआब्जा वितरण चाँडै सुरु गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्। विराटनगरस्थित विमानस्थलमा शुक्रबार पत्रकारसँग मन्त्री आलेले विराटनगर विमानस्थल स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको बताएका छन्। विमानस्थल विस्तारका लागि बजेटको व्यवस्था नगरे पनि सरकारले बजेटको व्यवस्था गर्दै काम अघि बढाउने मन्त्री आलेले प्रस्ट्याए। विराटनगर, […]

अघि बढेन विराटनगर विमानस्थल विस्तारको काम

विराटनगर । विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउने योजना अघि बढ्न सकेको छैन । विमानस्थल आसपास १२६ बिघा जमिन अधिग्रहण गर्न रोक्का गरिए पनि १५ महीना बितिसक्दा जग्गाको मूल्यांकन समेत नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । विमानस्थल विस्तारका लागि तीनओटै तहका सरकारबीच सम्झौता भएको लामो समय भइसके पनि काम शुरू भएको छैन । २०७७ भदौ २० गते विराटनगर महानगरपालिका, प्रदेश १ सरकार र नागरिक उड्डयन प्राधिकरणबीच विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो । तर, मुआब्जाका लागि अध्ययन गरेर समयमै सरकारसँग बजेट माग्न नसक्दा विमानस्थलको कुनै पनि काम अघि बढ्न नसकेको हो । विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्च संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बेहोर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सरकारले स्थानीयको १२६ बिघा जमिन अधिग्रहण गर्न जग्गा रोक्कासमेत गरिसकेको छ । जग्गा रोक्का गरिए पनि मुआब्जा दिने विषय अगाडि बढेको छैन । मुआब्जा दिन आवश्यक रकमको जोहो नै नगरी सरकारले जग्गा रोक्का गरिदिएको छ । सरकारले विमानस्थल विस्तारका लागि स्थानीयको १ हजार ४ सय कित्ता जमिन अधिग्रहण गर्न २०७७ चैत २४ को गोरखापत्रमा सूचना निकालेर जग्गा रोक्का गरेको थियो । विराटनगर विमानस्थल पीडित संघर्ष समितिका सदस्य उद्धव कार्कीका अनुसार जग्गा अधिग्रहण गरेको कति सयमसम्म मुआब्जा लिइसक्ने प्रष्टसँग कार्यविधिमा उल्लेख नहुँदा समस्या भएको हो । नगरपालिका र वडा कार्यालयले वर्ष दिनदेखि विमानस्थलको जग्गा भन्दै विकास निर्माणका कामसमेत रोकेको गुनासो उनले गरे । प्रदेश १ को उद्योग, वन तथा पर्यटन मन्त्रालयले डीपीआरको काम भइरहेको मात्र बताउने गरेको छ । अहिले सो मन्त्रालय नै मन्त्रीविहीन अवस्थामा छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केन्द्र र प्रदेश सरकारको बेवास्ताका कारण विराटनगर विमानस्थलको काम अलपत्र बनेको बताए । मुआब्जाका लागि सरकारले बजेटको व्यवस्थापन नगरेकाले विमानस्थल विस्तार सुस्त भएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए । ‘अब कि सरकारले काम गर भन्नुप¥यो कि रोक्नुपर्‍यो,’ उनले भने । मुआब्जा वितरणका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाको संयोजकत्वमा मुआब्जा मूल्यांकन समिति बनाइएको छ । समितिले मुआब्जाको विषय टुंग्याउन सकेको छैन । मुआब्जा कुन आधारमा दिने भनेर अध्ययनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए । जग्गाधनीले नगरपालिकामा तिरेको कर, बैंक तथा वित्तीय संस्थाले गरेको लगानी, जग्गाको मूल्यांकन र जग्गाको चलनचल्तीको भाउ, संरचनाको अवस्थालगायत आधारको खोजी गर्ने काम भइरहेको छ । साविक विमानस्थल विस्तारका लागि पूर्वतर्फ ७ दशमलव ८३ बिघा, पश्चिमतर्फ ६९ दशमलव १४ बिघा, उत्तरतर्फ ३५ दशमलव ८१ बिघा र दक्षिणतर्फ ८ दशमलव ८७ बिघा तथा सडकका लागि ३ दशमलव ७० बिघा जग्गा अधिग्रहण गर्न जमिन रोक्का गरिएको छ । विमानस्थल विराटनगर महानगरपालिका–४ र सुनसरीको बर्जु गाउँपालिकासम्म विस्तार हुनेछ । विमानस्थल विस्तार गर्न जग्गाका लागि बाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । ५ वर्षभित्र टर्मिनल भवन निर्माण तथा धावनमार्ग विस्तारका लागि ४ अर्ब र बस्ताखोलाको पानी तीन किलोमिटर डाइभर्सन, एप्रोच लाइट व्यवस्थापन लगायत लागि २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सन् २०२७–२०३० भित्र ७ अर्ब रुपैयाँ बराबरको थप संरचना निर्माण गर्ने योजना छ । विमास्थल स्तरोन्नति गर्न रोक्का गरिएको स्थानीयको जग्गाको हालको मूल्यांकन ३ लाखदेखि ५ लाख रुपैयाँ प्रतिधुर छ । विमानस्थलमा अहिले ७२ सिट क्षमता भएका पाँचओटा जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुईओटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान तथा अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाई इन्धन, हवाई सञ्चार सेवा, हवाई ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधार छन् ।

मुआब्जा विवादमै अड्कियो विराटनगर विमानस्थलको स्तरोन्नति

विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न योजनासहित ३ वटै तहका सरकारबीच सम्झौता भएको १५ महिना नाघिसक्यो । तर, विमानस्थल विस्तारको काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन ।२०७७ भदौ २० गते विराटनगर महानगर, प्रदेश सरकार, स्थानीय सरकार र नागरिक उड्डयन प्राधिकरणकबीच  विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो । विमानस्थलको धावन मार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्चको ५०/५० प्रतिशत साझेदारी गर्ने गरी सम्झौता गरिएको थियो । संघीय

विराटनगर विमानस्थल स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारी

१९ असोज, काठमाडौं । काठमाडौं । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गरिने भएको छ । उक्त प्रयोजनका लागि संघीय र प्रदेश सरकारबीच लागत साझेदारी सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । खासगरी …