टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा लाग्ने १६ अर्ब रुपैयाँ दिने सामर्थ्य सरकारसँग तत्काल नभएको बताएपछि यो प्रक्रिया रोकिने देखिएको हो । विराटनगरमा आजदेखि सुरु भएको ‘विराट ट्रेड एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् । उनले राज्यले १६ अर्ब रुपैयाँ दिएर जग्गा किन्न नसक्ने बताए । ‘१६ अर्ब राज्यले दिनसक्ने सामर्थ्य अहि