ठोरी गाउँपालिका–३ स्थित विकट गाउँ सिकारीबासमा चुनावी अभियान तीव्र बनेको छ । नजिकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार तथा तिनका कार्यकर्ताले गाउँ भरिभराउ बनेको छ । पर्साको क्षेत्र नं. ४ मा पर्ने यो गाउँमा प्रत्येक ५ वर्षमा नयाँ अनुहार देख्न पाउने भएकाले स्थानीयलाई निर्वाचन नजिकिएको बुझ्न गाह्रो छैन ।