एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

साउन २, काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनीसँग आईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी व्यवसायिक चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनीसँग एनआईसी एशिया बैंकको  विभिन्न पदमा १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव पनि रहेको छ । हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा समग्र व्यवसाय विस्तार र प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई नयाँ उचाई चुम्ने विश्वास लिएको क्यापिटलले बताएको छ ।  

सम्बन्धित सामग्री

मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा शेयर व्यवस्थापनको सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत दिईएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नु अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  शेयर रजिष्ट्रार नियुक्त भएसँगै क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि आवश्य प्रक्रिया पुरा गर्नुका साथै आगामी दिनमा सम्पूर्ण शेयर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ ।

अपर लोहोरे खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा साउन २९ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले भदौ ३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको क्यापिटलले आगामी दिनमा कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खोज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

भूगोल इनर्जिसहित तीन कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी  एशिया क्यापिटल नियुक्त

काठमाडौं । तीन छुट्टाछुट्टै कम्पनीले शेयर रजिष्ट्रारमा एनआईसी क्यापिटललाई नियुक्त गरेका छन् । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड, मेन्छियाम हाईड्रोपावर लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेका हुन् । अब यी तीन ओटै कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसरी, रोक्का राख्नेलगायत सम्पूणर् कार्यहरू एनआईसी एशिया क्यापिटलले गर्नेछ । यी तीन ओटै कम्पनीहरूकोे वैशाख २४ गतेदेखि शेयर रजिष्ट्रारसम्बन्धी सम्पूणर् कार्यहरू एनआईसी एशिया क्यापिटलबाट हुनेछन् ।

४ लाख साधारण कित्ता सेयर आउँदै

लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ । लुप नेटवर्कस लिमिटेडको रु १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको हो ।

इमर्जिङ्ग नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

फागुन ९, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको  हो ।  क्यापिटललाई फागुन ९ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी कम्पनीले सूचनामार्फत दिएको छ ।  अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।  यस कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी फागुन ४ गते बाँडफाँट गरेको थियो । आईपीओ विक्री बन्द भएको तीन दिनभित्र आईपीओ बाँडफाँट गर्न सफल भएको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम समेत जिम्मेवारी पूर्वक गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।  कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी क्यापिटलले दिएको छ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशलमव ११ रहेको कम्पनीले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारको लागि न्यूनतम रू. १०५ दशलमव ११ देखि अधिकतम रू.३१५ दशमलव ३३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।  नेप्सेले पहिलो कारोवारको लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज व्यवस्था रहेकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

दोल्तीपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं (अस) । दोल्तीपावर कम्पनीले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । स्थानीय तथा सर्वसाधारण, सामूहिक लगानी कोष तथा कर्मचारीसहित साधारण शेयर सार्वजनिक निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।  कम्पनीले ४.५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।