काठमाडौं । तीन छुट्टाछुट्टै कम्पनीले शेयर रजिष्ट्रारमा एनआईसी क्यापिटललाई नियुक्त गरेका छन् ।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड, मेन्छियाम हाईड्रोपावर लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेका हुन् ।
अब यी तीन ओटै कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसरी, रोक्का राख्नेलगायत सम्पूणर् कार्यहरू एनआईसी एशिया क्यापिटलले गर्नेछ । यी तीन ओटै कम्पनीहरूकोे वैशाख २४ गतेदेखि शेयर रजिष्ट्रारसम्बन्धी सम्पूणर् कार्यहरू एनआईसी एशिया क्यापिटलबाट हुनेछन् ।