बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । क्यापिटल र कम्पनीबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको हो ।  सम्झौतापत्र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ ।  साथै सम्बन्धित नियमनकारी निकायहरूमा हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउँदा आवश्यक पर्ने कागजातहरू र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्कासनसम्बन्धी व्यवस्था तथा विवरणहरू तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्कासन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेस गर्ने लगायतका कार्य क्यापिटलले गर्नेछ ।