काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको गत मंसिरको अन्तिम साता सम्पन्न अमेरिका भ्रमणबाट चर्चामा रहेको विषय हो - ‘इण्ड प्यासिफिक स्टाटेजी’।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँगको भेटका क्रममा ज्ञवालीको यस विषयमा कुराकानी भएको थियो। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख भए अनुसार एसिया प्रशान्त क्षेत्रमा केन्द्रीय भूमिका खोजिरहेको छ