काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न भएको छ ।
बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ। यस्तै, बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको खबरमा उल्लेख छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुन सक्ने बताउनुभएको थियो ।
दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ ...