एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल

काठमाडौँ– नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसीमा रहेका देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन्। नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने दाबी गरे। अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत […]

सम्बन्धित सामग्री

एमसीसी अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरियो

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजना भएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष गजुरेलले एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका हुन् ।एमसीसीको विरुद्धमा आफूहरुले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले एमसीसी राष्ट्रघाती रहेको कुरा प्रमाणित भइसकेको बताए । अध्यक्ष गजुरेलले

आउनुस् एमसीसी सम्झौता कहाँ-कहाँ राष्ट्रघात छ म देखाइदिन्छु : रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धार अंकित गर्ने बताएका छन् । एमाले अछाम–काठमाडौँ सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने र इतिहासले मूल्यांकन गर्ने बताएका छन् । रावलले संसदमा बहस कहाँ गर्ने भनेर प्रश्न गर्ने काँग्रेस महामन्त्री गगन थापा र एमसीसी […]

काँग्रेसले राष्ट्रघात गर्न सक्दैन्ः विश्वप्रकाश शर्मा

काठमाडौँ, १९ फागनु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले सधै जनताको पक्षमा काम गरिरहेको बताउँदै कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसीबारे भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै उनले भने, ‘फेसबुकमा एमसीसी बारे लेख्नेको दोष […]

एमसीसी अनुमोदन हुनु इतिहासकै ठूलो राष्ट्रघात : प्रगतिशील रुपान्तरण आन्दोलन

१६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन इतिहासकै ठूलो राष्ट्रघात साबित हुने प्रगतिशील रुपान्तरण आन्दोलन, नेपालले बताएको छ । आइतबार संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो । प्रगतिशील रुपान्तरण आन्दोलनका अध्यक्ष श्याम श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीले नेपाललाई अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिको हिस्सा बनाउने दाबी गरेका छन् । व्याख्यात्मक घोषणाको नाममा […]

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् । ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका […]

एमसीसी जोडेर माओवादीप्रति बाबुरामको कटाक्षः भित्र खाओवाद बाहिर माओवाद

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन् । ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ । ‘भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !  भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिभ्रे प्रवृत्तिबाट मुक्त हुदैन तबसम्म देश बन्दैबन्दैन।’ उ...

एमसीसी सम्झौता राष्ट्रघात होः सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको पञ्चायतकालदेखिको लामो राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै एम.सि.सी राष्ट्रघात भएको उल्लेख गरे ।  उनले देशमा एमसीसी पास भयो भने यो मुलुक रणभूमि बन्ने खतरा रहको बताए । अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताए ।   संसदबाट एमसीसी पास भयो भने मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले...

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई  सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी

एमसीसी सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम कसरी शुरु भयो भनी प्रश्न गरे। सम्झौतामा स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु रहेकाले जस्ताकात्यस्तै पारित गरिए राष्ट्रघात हुने उपाध्यक्ष रावलले दावी गरे।