नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२,खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (आठ महिला सात पुरुष), मधेसीतर्फ १७, (नौ महिला, आठ पुरुष), मुस्लिमतर्फ