प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य मानन्धरले काठमाडाैं फोहोरमैलाको कारण अस्तव्यस्त भइरहेको बताए । उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरे । उनले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गरे ।उनले भने– ‘महानगरपालिकाको उम्मेदवारको र