सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनः स्थापना

काठमाडौँ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनः स्थापित भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै काँग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च […]

सम्बन्धित सामग्री

संसद् विघटन बदर गर्ने सर्वोच्चको यस्तो छ फैसला (पूर्ण पाठ)

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको हो।

मरेको मान्छे बिउँझनु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्ने एकै हो : रायमाझी

अर्घाखाँची - नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले मरेको मान्छे बिउँझन्छ भन्नु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्नु एकै भएको टिप्पणी गर्नुभएको छ । अर्घाखाँचीको मालारानीमा नेकपाको ओली समूहले गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा प...

प्रतिनिधिसभा पुनः स्थापना हुनेमा ढुक्क छौं : प्रवक्ता श्रेष्ठ

नेकपा (दाहाल–नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताएका छन् ।