काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट माग सुनुवाई भएको नेपाल विद्यालय कर्मचारी परिषद्को मागको फाइल अर्थ मन्त्रालयमा अड्किएको छ। परिषद्का अनुसार शिक्षा मन्त्रालयले उनीहरूका माग सुनुवाई गर्दै फाइल तयार पारेर भदौ २३ गते नै अर्थमा पठाएको थियो।तर माग फाइल दर्ता भए पनि हालसम्म प्रक्रिया अघि नबढेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए। उनले भने, ‘शिक्षा मन्त्रालयबाट माग सुनुवाई भएर अर्थ मन्त्रालयमा फाइल पुगेको छ तर त्यहीँ अल्झिरहेको छ।’उनले अहिले अर्थमन