विद्यालय कर्मचारी दुई धारमा देखिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् गत १ भदौदेखि राजधानी केन्द्रीत आन्दोलनमा छ । परिषद्कै आह्वानमा आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरिएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर उनीहरूले आन्दोलन थालेको आज १२ दिन पुगेको छ । उनीहरूले आजदेखि १८ गतेसम्मलाई विद्यालय बन्दको घोषणा गरेका छन् । तर, नेपाल विद्यालय कर्मचारी युनियन भने बन्दको विरोधमा उत्रिएको छ । युनियनका अध्यक्ष कमल प्रसाद खतिवडाले एक विज्ञप्ति जारी गर्दै विद्यालय