प्रधानमन्त्री ओलीको प्रश्न : विदेशीका लागि ‘कम्फर्टेवल’ सरकार बनाउन किन दिने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काका लागि कम्फर्टेवल सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्र्फटेबल सरकार चाहिएको बताउनुभएको छ । मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले अरुका लागि होइन नेपालीका लागि कम्फर्टेवल सरकार चाहिएको र त्यो आफू नेतृत्वको सरकार भएको दाबी गर्नुभयो । केही दिनअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू, नेपाली कांग्रेस र जसपा मिलेर सरकार बनाउँदा भारतका लागि कन्फर्टेवल हुने’ भनेर दिएको अभिव्यक्तिप्रति ओलीको आक्रोश थियो । प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष पनि गर्नुभयो । उहाँले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफुलाइृ हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौति पनि दिनुभयो । आफुले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्डमाधव समुहलाई व्यंग्य पनि गर्नुभयो । आफु राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनता माझ जाने र जनताले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गते पछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताउनुभयो ।

सम्बन्धित सामग्री

ओलीको प्रश्न– के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ?

पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड पनि नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार समुद्घाटन समारोहमा बोल्दै ओलीले नेपालको पार्टीलाई जनताले भोट नदिने दाबी गरे । एमालेलाई विभाजन गरेको भन्दै उनले नेपालसहित झलनाथ खनालप्रति आक्रोश पोखे । 'समृद्ध नेपाल, सुखी नेपाली' नारासहित...

न्यायपालिकाको निष्पक्षतामा ओलीको प्रश्न

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्मार्फत कतिपय न्यायाधीशमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने र सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेश दिने क्रम बढिरहेको भन्दै न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । संवैधानिक परिषद्का सदस्यसमेत रहेका कामु प्रधानन्यायाधीशको भूमिकामाथि आशंका गर्दै उनले न्यायपालिका निष्पक्ष नभएमा […]

जियाको भ्रमणबारे देउवालाई ओलीको प्रश्न : सरकार एक चीन नीतिमा अडिग छ कि छैन ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणलाई लिएर प्रश्न गरेका हुन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा गत शुक्रबार काठमाडौं…

ओलीको प्रश्न : मनाेनयनकाे समय दुई दिन किन चाहियो, गठबन्धनमा खटपट मिलाउन ?

इलाम ६ चैत : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको लागि छुट्टाएको समयप्रति आपत्ति जनाएका छन् । इलामको सूर्योदयमा आयोजित जनसभालाई सम्बोधन गर्दै ‘गठबन्धनको खटपट मिलाउन दुई दिनको समय छुट्टाएको हो ? भनेर निर्वाचन आयोगलाई प्रश्न गरेका छन् । ‘सधैँ मनोनयनको लागि एक दिन दिने गर्थ्यो, यसपल्ट वैशाख ११ र १२ […]

२२ सांसदलाई ओलीको प्रश्न : अपराधपूर्ण कार्य के कति कारणले गरेको हो?

नेकपा एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासकव मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ। आज पठाइएको पत्रमा मिति भने ५ गतेको राखिएको छ। उनीहरुलाई पार्टीको विरुद्ध भेला आयोजना गर्ने, गुटगत...

निकटवर्तीसँग ओलीको प्रश्न –छबिलाललाई कति डोज दिने हो ?

पार्टी एकिकरणपछि नेकपाको आन्तरिक विवाद यतिवेला सवैभन्दा गम्भिर मोडमा छ। प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डका विचमा वोलचाल वन्द भएको निकै पटक भइसक्यो। तर, यसपटक ...