काठमाण्डाै – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता/कार्यकर्तालाई अपिल गर्नुभएको छ । माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि काखापाखा नगरेको बताउँदै पार्टीलाई मजबुत बनाउन अपिल गर्नुभएको हो ।कतिपय व्यक्तिमा रहेको अहङ्कारको सिकार पार्टीलाई बनाउन नहुने भन्दै ओलीले आफ्नै पार्टी फुटाउन र सरकार ढाल्न खोज्ने आपराधिक मानसिकता भएकाहरू सुध्रनुपर्ने पनि बताउनुभएको छ । बरू सामूहिक राजीनामा दिएर आफ्नै ...