वक्तव्य निकाल्ने पूर्व प्रधानन्यायाधीशलाई ओलीको प्रश्न– सडकमा ओर्लेर न्यायालयलाई ललकार्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्ष न्यायालयमा जागिर खाँदैमा अहिले पनि आफैँ न्यायाधीश भएजस्तो नगर्न प्रतिनिधि सभा विघटनविरुद्ध वक्तव्य निकाल्ने पूर्व प्रधानन्यायाधीशहरूलाई सुझाव दिएका छन् । उनले राजनीतिक पक्षधरताका आधारमा सडकमा ओर्लेर पूर्व प्रधानन्यायाधीशहरूले न्यायालयलाई ललकार्ने काम गरेको आरोप लगाए ।  आइतवार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेलाई संविधान राम्ररी पढ्न सुझाव समेत दिए । ‘सर्वोच्च अदालतलाई दबाब दिने ढंगले, स्वतन्त्र ढंगल...