जङ्गलमा भेटियो ३७ लाखका कपडा र मोटरसाइकल

कपिलवस्तु : कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका १ बाट सशस्त्र प्रहरीले ३७ लाख २० हजारको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ। जङ्गलमा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो। बरामद लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।चोरीनिकासीको सुर्तीजन्य सामान बरामद उता ईलामको सुर्योदय नगरपालिका २ चारमाइलस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैया

सम्बन्धित सामग्री

अवैधरुपमा ल्याइएका कपडा बरामद

भारतबाट अवैधरुपमा ल्याइएका १० लाख रुपैयाँ बराबरको कपडा र मोटरसाइकल बरामद गरिएको छ ।

जनकपुरधाममा अन्तरराष्ट्रिय व्यापार मेला शुरू

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघले पहिलोपटक अन्तरराष्ट्रिय व्यापार मेलाको आयोजना गरेको छ । शुक्रवारदेखि शुरू भएको मेला यही फाुगन १४ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीले आफ्ना उत्पादनलाई स्टलमा राखेका छन् ।  करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको आयोजकले जानकारी दिएको छ । मेलामा मोटरसाइकल, ट्र्याक्टर, कार, ई–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङका सामान, कम्प्युटर, कपडा लगायत घरायसी सामग्री स्टलमा राखिएका छन् । मेलाको उद्धाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे । उनले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास, व्यापार प्रवर्द्धन गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका थिए ।

सडक निर्माणमा ढिलाइ

दोलखाको शैलुङ गाउँपालिका कार्यालय पुग्ने सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । मुडेदेखि गाउँपालिका कार्यालय हुँदै ढुङ्गेसम्म पुग्ने सडक निर्माण कम्पनीले अलपत्र पार्दा मुडे हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावतमा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । सडकको दुरवस्थाका कारण कार्यालय आउजाउ गर्न समस्या भएको जनसचेतना सहकारीमा कार्यरत सन्तोष भुजेलले बताउनुभयो । कतिपय स्थानमा हिलोले मोटरसाइकल धकेलेर यात्रा गर्नुपर्ने अवस्था छ कार्यालय पुग्दा आफूले लगाएको कपडा र जुत्ता हिलोले हेरिनसक्नु हुने गरेको उहाँले गुनासो गर्नुभयो । सडक जीर्ण भएकाले शैलुङ क्षेत्रमा उत्पादित तरकारी बजार पु-याउनै समस्या भएको र ढुवानी लागत बढेकाले तरकारीको उचित मूल्य पाउन नसकेको किसानको भनाइ छ ।

गएकाे साेमवार नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु राख्ने एक जना पक्राउ

काठमाण्डाै – गएको सोमवार काठमाण्डौको नयाँ बानेश्वरमा प्रेसर कुकरभित्र शङ्कास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।  सडकको बीचमा कुकर बम राखेर नागरिक त्रसित पार्ने काभ्रेको भुम्लु गाउँपालिका २ का सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी चावहिलको पशुपति बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीका इकाइ कमिटी अध्यक्ष पनि भएको महाशाखाले जनाएको छ ।  पक्राउ परेका महतकाे साथबाट बम राख्न प्रयोग भएका विभिन्न साधन र बम राख्दाको बखत लगाएका कपडा, मोटरसाइकल, हेल्मेट लगायतका वस्तु पनि बरामद...

मोटरसाइकलमै मृत अबस्थामा भेटिए न्यौपाने

विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेकै अबस्थामा मृत भेटिएका विराटनगर–५ मुनालपथका ४८ सुदर्शन न्यौपानेको हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् । को४प २३१६ नम्बरको मोटरसाईकलमा सोमवार राति न्यौपानेको शब भेटिएको थियो । मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले दुर्घटना गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशंका गरेका छन् । ‘मृतकको शरिरमा चोटपटक देखिनुका साथै कपडा च्यातिएको र दाहिने हातमा चोट र रगतको टाटा देखिएको प्रत्यक्षदर्शी बताउँछन् । मृतकको पत्नी, दुई छोरा र एक छोरी रहेका&...

आठ लाख बराबरको अवैध सामान बरामद

नेपालगञ्ज – बाँके प्रहरीले अवैध रुपमा जम्मा गरेर राखिएको आठ लाख बराबरको सामान बरामद गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने मोनु कवडियाले नेपालगञ्ज – ७, एमपी स्कूल नजिक एक घरमा कोठा भाडामा लिएर अवैध सामान जम्मा गरेका थिए। विशेष सूचनाका आधारमा प्रहरीले कवडियाले भन्सार छलेर जम्मा गरी राखेको मोटरसाइकल तथा गाडीका पार्टस्, कपडा, […]

नेपाल बैंकद्वारा पाल्पामा ११८ जनालाई क्युआर स्ट्यान्ड वितरण

काठमाडौं : नेपाल बैंक लिमिटेड पाल्पा शाखाले एकै दिन ११८ जनालाई फोन पे को क्युआर स्ट्यान्ड वितरण गरेको छ। बैंकले डिजिटल पाल्पा अभियानअन्तर्गत क्युआर स्ट्यान्ड वितरण गरेको हो।ढाका कपडा व्यवसायी, किसान, कानुन व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल वर्कसप, होटल, रेष्टुरेन्टलगायत विविध क्षेत्रका व्यवसायीहरुलाई  क्युआर स्ट्यान्ड वितरण गरिएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए।नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो

वीरगञ्जबाट ६ लाख मूल्यको भन्सार छलीका सामान बरामद

१५ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट […]

विभिन्न स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु

पूर्वी नवलपरासीमा बिहीबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वी नवलपरासीको बुलिङटारमा मोटरसाइकलले ठक्कर दिँदा कपडा बेचेर हिँडने ५८ वर्षीय भारत चम्पारण घर भएका जुगल साहको ज्यान गएको छ । ठक्कर दिने मोटरसाइकल फरार रहेको र प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।