इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरुलाई मोटरसाइकल प्रयोग गर्न रोक लगाउने तयारी भइरहेको छ। विदेशी पर्यटकबाट ट्राफिक नियम तोड्ने र ट्राफिक प्रहरी र नागरिकलाई दुर्व्यवहार गर्ने घटना बढेपछि यस्तो नियम लागू गर्ने तयारी भइरहेको हो।
बालीका गभर्नर वायन कोस्टरले विदेशी पर्यटकले कपडा, हेलमेट र लाइसेन्स बिना नै मोटरसाइकल चलाउने गरेको पाइएको बताएका…