गएकाे साेमवार नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु राख्ने एक जना पक्राउ

काठमाण्डाै – गएको सोमवार काठमाण्डौको नयाँ बानेश्वरमा प्रेसर कुकरभित्र शङ्कास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।  सडकको बीचमा कुकर बम राखेर नागरिक त्रसित पार्ने काभ्रेको भुम्लु गाउँपालिका २ का सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी चावहिलको पशुपति बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीका इकाइ कमिटी अध्यक्ष पनि भएको महाशाखाले जनाएको छ ।  पक्राउ परेका महतकाे साथबाट बम राख्न प्रयोग भएका विभिन्न साधन र बम राख्दाको बखत लगाएका कपडा, मोटरसाइकल, हेल्मेट लगायतका वस्तु पनि बरामद...

सम्बन्धित सामग्री

झापामा शंकास्पद वस्तु राख्ने ९ जना पक्राउ

झापा। झापाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने काममा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएकोछ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ का सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का भीष्म थापा, दमक नगरपालिका–९ का देवी बाँस्कोटा, कन्काई नगरपालिका–३ का यमदत्त सिटौला छन् । त्यस्तै शिवसताक्षी नगरपालिका–१ का सरूण लिम्बु, […]

अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा तीन जना पक्राउ (भिडियोसहित)

काठमाडौँ– काठमाडौँको मैतीदेवीस्थित मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद वस्तु राखेर फिरौती रकम मागेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको […]