कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

काठमाडौं :  कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका नागरिकका परिवारका लागि राहतका प्याकेज घोषणा गरेको छ। कर्णाली मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ  राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री एवम् सरकारकी प्रवक्ता बिमला केसीले जा