काठमाडौं : चीनले अमेरिकालाई पछि पार्दै विश्वकै धनी देश बनेको छ। कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ।विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स सिट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो। २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक–तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ। रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १ सय ५६ ट्रिलियन डलर थियो। २०२० मा